सुस्तावासीलाई सधै डुबानको समस्या
शुक्रबार, असोज १८, २०८१
बाढीपहिरोमा परेर २३९ जनाको मृत्यु, १९ जना बेपत्ता
शुक्रबार, असोज १८, २०८१
असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।
बुटवलको पशु बधशालाले मासु व्यवसायीलाई ८ सय रुपैयाँ किलो मासु दिने
शुक्रबार, असोज १८, २०८१
बुटवलमा सञ्चालित पशु बधशालाले मासु व्यवसायीहरुलाई विशेष छुट दिने भएको छ। चाडवाडको अवसर पारेर मासुको खपतलाई वृद्धि गर्न तथा मासु व्यवसायीहरुलाई प्रोत्साहन गर्न बधशाला सञ्चालक कम्पनीले प्रतिकेजी ८ सय रुपैयाँमात्रै लिने जनाएको छ।
लुम्बिनीको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्य छैन प्राथमिकतामा, पुरानै योजनाको निरन्तरता
मंगलबार, जेठ २२, २०८१
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नीति तथा कार्यक्रममा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ। प्रदेशका १२ जिल्लामा सञ्चालित पुराना योजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ। कृषि, शिक्षा, स्वास्थ्य,...
बुटवलमा श्रमाधान रोजगार मेला हुने, ४० वटा औद्योगिक प्रतिष्ठान सहभागी
मंगलबार, जेठ २२, २०८१
यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेका हुन्।
बुटवलमा गृहणी महिला रोजगार कार्यक्रम शुरु
मंगलबार, जेठ २२, २०८१
बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।
रुपन्देहीमा २०७ उद्योग बन्द
बुधबार, जेठ १६, २०८१
रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।
तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने
बुधबार, जेठ १६, २०८१
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनीमा मनाइयो बुद्धजयन्ती
बिहीबार, जेठ १०, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको ‘बर्थिङ सेन्टर’ का रुपमा विकास गर्ने बताएका छन् । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहलाई विहिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको बर्थिङ सेन्टर बनाएर त्यसबाट लुम्बिनी र सिंगो मुलुकको विकास गर्न सकिने बताएका हुन् ।
दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषणको काम १ वर्षमा सम्पन्न गर्ने घोषणा
बिहीबार, जेठ १०, २०८१
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषणको काम सम्पन्न गर्ने घोषणा गरेको छ।
बन्द भएका उद्योग खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने
बिहीबार, जेठ १०, २०८१
बन्द अवस्थामा रहेका सरकारी उद्योग सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवसकाे भव्य तयारी
बुधबार, जेठ ९, २०८१
लुम्बिनी विकास कोषले २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिने विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि तीन लगातार विविध कार्यक्रम गरी मनाउने जनाएको हो ।
पोखरा विश्वविद्यालयले सुरु गर्यो १०० बेडको शिक्षण अस्पताल
सोमबार, जेठ ७, २०८१
पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । २२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो ।
साताको लोकप्रिय