नीतिपत्र
डेडिकेटेड/ट्रंकलाइन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरणलाई पत्र पठाउने तयारी
डेडिकेटेड/ट्रंकलाइन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरणलाई पत्र पठाउने तयारी सरकारले डेडिकेटेड तथा ट्रंकलाइन विद्युतको समस्या समाधानका लागि बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गरिशिचन्द्र लालको अध्यक्षतामा गठित आयोगले फागुनमा प्रतिवेदन बुझाएको थियो।
सवारीसाधन र असल कर्जामा जोखिम भार घट्यो, घरजग्गामा ऋण दिने सीमा बढ्यो
सवारीसाधन र असल कर्जामा जोखिम भार घट्यो, घरजग्गामा ऋण दिने सीमा बढ्यो नेपाल राष्ट्र बैंकले सवारी कर्जा र असल कर्जाो जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक सेयर बिक्रीमा सहुलियत दिएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो।
जोखिम भार घट्दा बैंकहरुको नाफा साढे २ अर्ब बढ्ने, ग्लोबल र नबिललाई बढी फाइदा
जोखिम भार घट्दा बैंकहरुको नाफा साढे २ अर्ब बढ्ने, ग्लोबल र नबिललाई बढी फाइदा नयाँ निमायकीय व्यवस्थाले बैंकहरुको नाफामा अतिरिक्त साढे २ अर्ब रुपैयाँ थप हुने भएको छ। नेपाल राष्ट्र बैंकले गरेको असल कर्जामा गरिने नोक्सानी व्यवस्था (प्रोभिजन) सम्बन्धी नयाँ प्रावधानले २ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ नाफा थप हुने देखिएको हो।
लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना
लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा आगामी तीन दिन तातो हावा चल्न सक्ने पूर्वानुमान गरेको छ।
विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने
विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने आइसिसी टी-२० विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अहिले वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा विश्वकपको तयारी गरिरहेको नेपालले अमेरिका फर्केपछि टेक्सासमा अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने भएको हो।
प्रधामन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने
प्रधामन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।
आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन्। बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताएका छन्। 
दीपेन्द्र टी-२० अलराउन्डर बरियतामा शीर्ष १० मा
दीपेन्द्र टी-२० अलराउन्डर बरियतामा शीर्ष १० मा नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर बरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनले आफ्नो अलराउन्डर बरियतामा एक स्थान सुधार्दै १० औं स्थानमा उक्लिए। ब्याटिङ तर्फ भने ५० औं स्थानमा कायम रहे।
प्रतिव्यक्ति आयको लक्ष्य २९०० डलरबाट घटाएर २४१३ मा झारियो, कुन क्षेत्रमा कस्ता लक्ष्य
प्रतिव्यक्ति आयको लक्ष्य २९०० डलरबाट घटाएर २४१३ मा झारियो, कुन क्षेत्रमा कस्ता लक्ष्य सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ४ सय १३ अमेरिकी डलर पुर्‍याउने लक्ष्य सहित १६औं पञ्चवर्षीय योजना पारित गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय १० अमेरिकी डलर छ। आगामी ५ वर्षमा अर्थतन्त्रका अधिकांश सूचकहरुमा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य सरकारले राखेको छ।
इन्डोनेसियामा बाढी : मृत्यु हुनेको संख्या ५७ पुग्यो
इन्डोनेसियामा बाढी : मृत्यु हुनेको संख्या ५७ पुग्यो इन्डोनेसियामा आएको बाढीबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । अन्य २२ जना अझै बेपत्ता भएको बताइएको छ । 
आगामी वर्ष आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, ५ वर्षमा औसत ७.१ प्रतिशत
आगामी वर्ष आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत, ५ वर्षमा औसत ७.१ प्रतिशत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगले १६औं पञ्चवर्षीय योजनाको विस्तृत विवरण सार्वजनिक गर्दै आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको घोषणा गरेको हो।
Weather Update