सहकारी पीडितको प्रश्न : जीबी राईलाई कसले लुकायो ?
बिहीबार, चैत ८, २०८०
इलाम-२ मा कांग्रेसबाट नाम सिफारिस
बुधबार, चैत ७, २०८०
सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले बताए । उपसभापति देवानका अनुसार आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।
भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु
शनिबार, चैत ३, २०८०
बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार र आईतबार दुई दिनसम्म हुनेछ ।
बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित
बुधबार, फागुन ३०, २०८०
बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ।
आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो।
नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर...
अर्थमन्त्रीलाई नेप्सेको स्वागत, ९.३३ अंकले वृद्धि
बुधबार, फागुन २३, २०८०
सोमबार उच्च अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार सामान्य अंकले वृद्धि भएको छ। पछिल्लो राजनीतिक गतिविधिले नेप्से परिसूचक लगातार तीन दिन उतारचढाव देखिएको छ। नयाँ बनेको सत्ता गठबन्धनसँगै अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने हल्लासँगै सोमवार नेप्से परिसूचक ११७.७० अंक अर्थात ६ प्रतिशतले बढेको थियो।
सत्ता गठबन्धन: रवि लामिछाने गृहमन्त्री बन्ने पक्का
बुधबार, फागुन २३, २०८०
रास्वपाका सभापति रवि लामिछाने पुन: गृहमन्त्री बन्ने पक्का भएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने भएको स्रोतको भनाई छ।
त्रिशूली बस दुर्घटना अपडेट: मृतक ७ मध्ये तीन जनाको सनाखत
बुधबार, फागुन २३, २०८०
रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका ७ जनामध्ये तीन जनाको सनाखत भएको छ । टिकटका आधारमा प्राप्त विवरणअनुसार कपिलवस्तुका रामकिशोर जैसवाल र काठमाडौं सतुंगलका बेखराज भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ । यस्तै गरी बुटवलकी रुवी श्रेष्ठको पनि सनाखत भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्री बर्खास्त
बुधबार, फागुन २३, २०८०
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्। मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। मुख्यमन्त्री चौधरीले दुई मन्त्रीलाई हटाएको जानकारी दिए।
त्रिशूली बस दुर्घटनाः विदेशी नागरिकसहित ३९ जना घाइते (नामावली)
बुधबार, फागुन २३, २०८०
त्रिशूली बस दुर्घटनामा ज्यान गुमाएका ७ जनाको अझै सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तु जैसवारले मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए। रुपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा...
अमेरिकी डलरको खरिद-बिक्री सामान्य बढ्यो, युरोको बिक्री दर मात्रै परिवर्तन
बुधबार, फागुन २३, २०८०
बुधबार अमेरिकी डलरको सटही दर सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार मंगलबारको तुलनामा बुधबार सामान्य बढेको हो। बुधबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३४ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ।
स्थलमार्ग हुँदै लुम्बिनी आउने विदेशी पर्यटक बढे
बुधबार, फागुन २३, २०८०
स्थलमार्गको बेलहिया भैरहवा हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढेका छन् । यो नाका हुदै नेपाल प्रबेश गर्ने बिदेशीहरुको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बढ्न थालेको हो।
सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने
बुधबार, फागुन २३, २०८०
सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । यसअघि बिहीबार बाँडफाँट हुने भनिएको आइपीओ कम्पनीको अनुरोधमा एक दिन पछि सारी शुक्रबार हुने भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
साताको लोकप्रिय