सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला मूल्य एक लाख २३ हजार पाँच सय
बुधबार, फागुन २३, २०८०
पशुपतिमा महाशिवरात्रि भव्य बनाउने तयारी
बुधबार, फागुन २३, २०८०
यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ । महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो
बुधबार, फागुन २३, २०८०
धादिङको गजुरी गाउँपालिका- ५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
एनआइसी एसिया क्यापिटलको नयाँ योजना
बुधबार, फागुन २३, २०८०
एनआइसी एसिया क्यापिटलले ‘सातौं वार्षिक उत्सव: सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ।
त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार
बुधबार, फागुन २३, २०८०
धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।
देउवा नेपाललाई भेट्न नेपाल निवासमा
बुधबार, फागुन २३, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर...
नेपाललाई हराउँदै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जित्यो
मंगलबार, फागुन २२, २०८०
काठमाडौँ – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ। मंगलबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो।
बुटवलमा प्रादेशिक ललितकला प्रदर्शनी
मंगलबार, फागुन २२, २०८०
बुटवलमा प्रादेशिक ललितकला प्रदर्शनी शुरु भएको छ।
दादुरा रुबेला खोप अभियान
मंगलबार, फागुन २२, २०८०
बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरेका थिए।
कोशीटप्पुमा किन घट्यो चराको सङ्ख्या ?
मंगलबार, फागुन २२, २०८०
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो।
नेदरल्यान्ड्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै नेपाल
मंगलबार, फागुन २२, २०८०
घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स मंगलबार प्रतिस्पर्धा गर्दैछन्। टियू मैदान, कीर्तिपुरमा ११:३० मा सुरु हुने फाइनलमा दुबै टिम उपाधि जित्दै सिरिजको सुखद अन्तको प्रतिक्षामा छन्।
नयाँ सत्ता समीकरणका चार दलबीच आठबुँदे सहमति
मंगलबार, फागुन २२, २०८०
नयाँ सत्ता गठबन्धनका लागि नजिक आएका चार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले आठबुँदे सहमति गर्दै भागबण्डाका आधारमा नयाँ संयुक्त सरकार गठन गर्ने उद्घोष गरेका छन्।
नयाँ सत्ता गठबन्धनमा थप चार दललाई ल्याउने प्रयास
मंगलबार, फागुन २२, २०८०
चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन् ।
साताको लोकप्रिय