नीतिपत्र
एनसेलले प्राधिकरणलाई उपलब्ध गरायो स्पेक्ट्रलाइट युकेसँग भएको सेयर खरिद सम्झौता

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले स्पेक्ट्रलाइट युके लिमिटेडसँग भएको सेयर खरिद सम्झौता नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको छ। संसदीय समितिहरुले सम्झौता उपलब्ध गराउन प्राधिकरणलाई यसअघि नै निर्देशन दिइसकेका छन्।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सम्झौता बुधबार प्राप्त भएको र अध्ययनको क्रममा रहेको बताए।

एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइटले किनेपछि खरिदका विषयमा विभिन्न प्रश्न उठाइएका छन्। सरकारले खरिद प्रक्रिया छानबिनका लागि पूर्व महालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको छ। खरिद प्रकरणमा प्रतिनिधि सभाका तीन समितिले पनि अध्ययन गरिरहेका छन्।

यसअघि एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update