सत्ता गठबन्धनमा हेरफेर
माओवादीको एमालेसँग नयाँ समीकरण, आजै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना
काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै मन्त्रीमण्डल पुनर्गठन गर्दैछन्।
ज्ञवालीले भने, 'प्रधानमन्त्रीले चाहानुभयो भने आजै मन्त्रीमण्डल पुनर्गठन हुन्छ।'
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय