नीतिपत्र
मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । २०७९ चैत्र ६ गतेको निणर्य ईलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो ।

२०८० पुस ३ गते कार्यक्षेत्र विस्तार एवम् कार्यालय व्यवस्थापन गर्ने गरि गृहमन्त्री स्तरको निकाय पश्चात इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो।

ईलाका प्रशासन कार्यालय मानपकडीबाट शुद्धोधन, गैडहवा, सियारी र मायादेवि गाउँपालिकाका २२ वटा वडाका सवा लाख बढी नागरिकले सेवा लिन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।  

ईलाका प्रशाशन कार्यालय रुपन्देहीको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै उहाँले सुशासनका सन्र्दभमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासनमा ठूला अभियान चालेको बताउदै त्यो अभियानलाई बिश्राम नलाग्ने बताए ।  

मानपकडिबाट सुद्धदोधन गाउँपालिकाको ७ वटै वडा, गैडहवा गाउँपालिकाको ९ वटै वडा, सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६ र ७ तथा मायादेवी गाउँपालिकाको वडा नम्बर १ र २ गरि २२ वटा वडाका स्थानियहरु सेवा लिन सक्ने छन् । यस कार्यालयबाट करिब १ लाख २९ हजार जनाले सेवालिने गरि कार्यालयको स्थापना गरिएको छ । 

यस सहित रुपन्देहीमा ईलाका प्रशासन कार्यालयको संख्या ३ पुगेको छ । रुपन्देहीको बुटवल उप-महानगर पालिका र कोटहीमाई गाउँपालिकामा यस अघि देखि नै ईलाका प्रशासन कार्यालयहरु रहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update