नीतिपत्र
आधा घण्टामै ९८ अंकले बढ्यो नेप्से, दोस्रोपटक रोकियो कारोबार

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ‘सर्किट ब्रेक’ लागेर दोस्रोपटक कारोबार रोकिएको छ । बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । 

११ बजेर २३ मिनेटमा पुनः सुरु भएको कारोबार ११ : २४ मै  ५.३ प्रतिशतले बढेपछि दोस्रोपटक ४० मिनेटका लागि कारोबार रोकिएको छ । 
सोमबार कारोबार सुरू भएको आधा घण्टामा ५.०३  प्रतिशतले बढेको हो । बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा पुगेको छ । सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशत, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update