नीतिपत्र
बिटीआइको स्तरोन्नतिका लागि केयूसँग बुटवल उपमहानगरपालिको छलफल

बुटवल-बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ।

काठमाडौं  बिश्वबिद्यालयसँग छलफल गरी बुटवलले प्राविधिक शिक्षातर्फ थप चासो बढाएको हो।  काठमाडौं  विश्वविद्यालयका उपकुलपति प्रा. डा भोला थापासहितको टोलीसँगको भेटमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल शिक्षामा अब्बल बन्दै गइरहेको र बिद्यार्थीको संख्या बढाउनुपर्ने बताए।

उनले बुटवल टेक्निकल इन्स्टिच्युट (बिटीआइ) र काठमाडौ विश्वविद्यालयका बीचमा सहकार्य र समन्वय गरेर नयाँ बिषयहरु पठनपाठन गर्न सकिने बताए।

बिटीआइमा स्नातक तहमा टनेल इन्जिनियरिङ, रिभर ईन्जिनियरिङ, आईटी, मेटल, ढलोट, अटो, बिषयहरुमा सहकार्य र समन्वय गर्न सकिने बताए। उनले अहिलेको अवस्थामा ब्यबहारिक युनिभर्सिटी बनाउन आवश्यक रहेको बताए।

 ‘विद्यार्थीका लागि आवश्यक विषय समयले स्थापित गर्छ, निम्न आय भएकालाई हामीले बढी प्राथमिकतामा राख्न चाहन्छौ-’पाण्डेयको भनाइ छ।

सो अवसरमा बोल्दै काठमाडौं  विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले शिक्षामा काठमाडौं विश्वविद्यालय र बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताए।

 बिटिआइको थप सम्भावना, सञ्चालन मोडलको विषयका बारेमा आफुहरुको चासो रहेको भन्दै सबैको सहकार्यमा काम गर्न सकिने उनले बताए। थापाले भने—बुटवलसँग पुरानो सम्बन्ध छ, बिटिआइमा विद्यार्थी बढाउन जरुरी छ, नेपालमा बस्न भन्दा विदेश जान थाले देशैभर बिद्यार्थी कम छन्, नयाँ कार्यक्रम ल्याउनुपर्छ।

लुम्बिनी बौद्ध विश्वविद्धालयका रजिस्ट्रार तिलक आचार्यले बिटीआइको लोगो काफी रहेको भन्दै नेपालमा भन्दा बिदेशमा यसको महत्व बढी रहेको आफुले पाएको बताए। 

कार्यक्रममा उपप्रमुख साबित्रादेवी अर्यालले बुटवल शिक्षाको हव बनेको र  टेक्निकल शिक्षामा नयाँ योजनामा सहकार्य गर्नुपर्ने बताइन्।

बुटवल उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उज्जवल कसजुले शिक्षामा लगानी बढाउनुपर्ने बताए। बिटीआइका प्रमुख अभिमन्यू पन्थीले बिटिआइलाइ बलियो साथ र अपग्रेडिङ गर्नुपर्ने बताए। उनले ६३ उद्योग संग सहकार्य भएको र १०० प्रतिशत रोजगार भएको दाबी गरे।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update