नीतिपत्र
उद्योगी व्यवसायीका समस्या तत्कालै समाधान गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय उद्योग र  निर्माण व्यवसायमा देखा परेका समस्या तत्काल समाधान गरिने प्रतिबद्धता जनाएका छन्।

मंगलबार मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा आयोजित  छलफल कार्यक्रममा मन्त्री महतले बैंकबको ब्याजदर र  भुक्तानी क्षेत्रमा देखिएका समस्या सम्बोधन गरिने बताएका हुन्।

उनले हेटौंडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने र हेटौंडा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै निर्णय गर्ने  जानकारी दिए।

‘पुरानो दायित्व बढ्दो क्रममा छ, अब जति आम्दानी अनुमान छ, सोहीअनुरुप बजेट बनाउनेछौं’, अर्थमन्त्रीले भने। उनले क्रसर उद्योगतर्फ नवीकरण र कार्यक्षेत्रका विषयमा तत्काल छलफल गरिनुका साथै मकवानपुरमा हुने मेला महोत्सवमा स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायसँग सहकार्य गरी काम गर्न आग्रह गरे।

कार्यक्रममा मन्त्री महतलाई संघ अध्यक्ष कृष्णकुमार गुप्ता र निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आ–आफ्नो क्षेत्रमा परेका विभिन्न विषय उल्लेख गरी  ध्यानाकर्षणपत्र बुझाए।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update