नीतिपत्र
अमेरिकी डलरको खरिद-बिक्री सामान्य बढ्यो, युरोको बिक्री दर मात्रै परिवर्तन

काठमाडौं। बुधबार अमेरिकी डलरको सटही दर सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार मंगलबारको तुलनामा बुधबार सामान्य बढेको हो। बुधबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३४ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ।

यसअघि मंगलबार उक्त दर क्रमश: १३२ रुपैयाँ ३३ पैसा तथा १३२ रुपैयाँ ९३ पैसा रहेको थियो। बुधबार युरो १ को नेपाली खरिद १४३ रुपैयाँ ६२ पैसा तथा बिक्री १४४ रुपैयाँ २७ पैसा रहेको छ। मंगलबारको तुलनामा युरोको बिक्री दरमात्रै परिवर्तन गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। मंगलबार युरोको बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेो थियो।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update