रेमिट्यान्स करिब साढे २६ प्रतिशतले बढ्यो
काठमाडौं। नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) करिब साढे २६ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो चार महिनाको तथ्यांकअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको हो।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २६.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिटयान्स २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष १०.८ प्रतिशतले बढेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० ०९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय