नीतिपत्र
आगामी आर्थिक वर्षको बजेटका लागि गभर्नरका १९० सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको बताएका छन्।

सोमबार अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले आगामी बजेटका लागि प्रदेशहरुबा संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको बताएका हुन्।

'अघिल्लो हप्ता प्रिबजेटको सुझाव हामीले अर्थ मन्त्रालयमा दिएका छौं,' उनले भने, 'तर, त्यो  सबै सार्वजनिक हुँदैन।' के सुझाव दिएकोबारे उनले खुलाएनन्। यसअघि नेपाल राष्ट्र बैंकले आगामी बजेटका विषयमा ७ वटै प्रदेशबाट सुझाव संकलन गरेको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update