नीतिपत्र
पोखरा विश्वविद्यालयले सुरु गर्‍यो १०० बेडको शिक्षण अस्पताल

पोखरा । पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।

२२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

पोखरा महानगरपालिका–३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो ।

बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update