नीतिपत्र
समानुपातिक कोटामा छानिने सांसदबारे सर्वोच्च अदालतको आदेशको अर्थ के हो ?

समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेमा पहुँचवालाको हालीमुहाली देखिएको भन्दै आगामी निर्वाचनअघि नै कानुन संशोधन गरेर त्यस्तो प्रवृत्ति रोक्ने पहल गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

गत फागुन ३० गते संवैधानिक इजलासले दिएको उक्त निर्देशनात्मक आदेशको हालै आएको पूर्णपाठमा "समानुपातिक समावेशी सिद्धान्तको व्यावहारिक कार्यान्वयनका लागि विद्यमान कानुनमा थप परिमार्जन गर्नु" आवश्यक देखिएको उल्लेख छ।

राष्ट्रिय समावेशी आयोगका एक पूर्वअध्यक्ष तथा एक जना संविधानविद्ले उक्त आदेशअनुरूप सरकारले अब आगामी निर्वाचनअघि नै सरकारले "समानुपातिक र समावेशी सिद्धान्त व्यावहारिक रूपमा पनि लागु हुने खालको कानुन" बनाउनुपर्ने देखिएको बताएका छन्।

नेपालमा विसं २०८४ सालमा स्थानीय, प्रदेश र सङ्घ सबै तहका निर्वाचनहरू हुँदै छन्। उक्त आदेशअनुसार त्यसअघि नै सरकारले चुनावसम्बन्धी कानुन संशोधन गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update