नीतिपत्र
बुटवलको पशु बधशालाले मासु व्यवसायीलाई ८ सय रुपैयाँ किलो मासु दिने

बुटवल । बुटवलमा सञ्चालित पशु बधशालाले मासु व्यवसायीहरुलाई विशेष छुट दिने भएको छ। चाडवाडको अवसर पारेर मासुको खपतलाई वृद्धि गर्न तथा मासु व्यवसायीहरुलाई प्रोत्साहन गर्न बधशाला सञ्चालक कम्पनीले प्रतिकेजी ८ सय रुपैयाँमात्रै लिने जनाएको छ।

व्यवसायिक प्रयोजनको निमित्त मासु व्यवसायीहरुलाई उपलब्ध गराएको दररेटमा आकर्षक छुट दिइएको मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले जानकारी दिए। 
छुट बमोजिम मासु व्यवसायीहरुले प्रतिकेजी रु. ८००  मा प्रशोधित मासु प्राप्त गर्न सक्नेछन्। त्यस्तै व्यवसायीहरुबाट प्राप्त खसीबोका प्रसोधनको लागि उपमहानगरपालिकाले तय गरेको दररेटमा समेत ३० प्रतिशत  छुट गरेको र व्यवसायीहरुकोबाट निशुल्क खसीबोका संकलनको व्यवस्था समेत मिलाएको अध्यक्ष आचार्यले बताए। 

बजारमा उपभोक्ताले रु १ हजार प्रतिकेजी मासु खरिद गर्दै आएका छन्। यसरी एक किलो मासुमा व्यवसायीलाई २ सय रुपैयाँ लाभ हुने देखिन्छ।


प्रेस विज्ञप्ति
उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने तथा मासु व्यवसायीहरुलाई  मासु प्रसोधन कार्यमा सहज बनाउने अभिप्रायले बुटवल उपमहानगरपालिका १० रामनगरमा आधुनिक बधशाला सञ्चालनमा रहेको छ । आयठेक्कामार्फत् उक्त बधशाला मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनी मुक्तिनाथ लाइभस्टक बैंकले सञ्चालन गर्दै आएको छ । सार्वजनिक खरिद ऐन बमोजिम बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनको निमित्त बोलपत्र आव्हान गर्दा मुक्तिनाथ लाइभस्टक बैंकको बोलपत्र स्वीकृत भइ सञ्चालनको जिम्मा पाएको यस कम्पनीले प्रशोधित मासु, मासु व्यवसायीहरुको पसलसम्म सम्पूण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चिस्यान सहितको गाडी मार्फत पुर्‍याइरहेको छ । बधशालामा खसीबोका बध गर्नुभन्दा पहिला पशु चिकित्सक मार्फत स्वास्थ्य परिक्षण गरि कम्तिमा १२ घण्टा होल्डिङ सेन्टरमा सिमित खानेकुरा र पानी खुवाई राखिन्छ ।
खसीबोकालाइ कम तनाब हुने प्रविधिको प्रयोगमार्फत बध गरेपछि अत्याधुनिक उपकरण र तालिम प्राप्त प्राविधिकहरुबाट मासु प्रसोधन पश्चात् अत्याधुनिक प्रयोगशालामा मासु परिक्षण गरी चिस्यान केन्द्रमा राखिन्छ । यसरि चिस्यान केन्द्रमा राखिएको पूणर् शरीर चिस्यान सहितको गाडीमा व्यवसायीहरुको माग अनुसार  उनीहरुकै पसलसम्म ढुवानी गरिन्छ र उक्त प्रसोधन गरिएको पूणर् शरिरलाई ग्राहकको माग बमोजिम व्यवसायीहरुले टुक्राएर बिक्रि वितरण गर्ने गरेका छन् । जसबाट व्यवसायीलाइ पनि सहज हुने, व्यवसाय बिस्तारमा सहयोग हुने र उपभोक्ताले आफ्नो इच्छा अनुसार आफ्नो पायक पर्ने ठाउँमा बधशालाबाट प्रशोधन गरिएको स्वस्थ र गुणस्तरीय मासु प्राप्त गर्दछन् ।
मुक्तिनाथ लाइभस्टक बैंकले खसीबोकाको मासुको उपभोगलाई बढाई मासु व्यवसायलाई प्रवद्र्वन गर्न विभिन्न चरणमा मासु साक्षरता तथा जनचेतना कार्यक्रम अघि सारिराखेको छ । मासु व्यवसायीहरुको सहमतिमा बधशाला भित्र नै खसीबोकाहरुको मौज्दात राखी जिउँदो खसीबोका खरिद गरी प्रसोधन गर्न सकिने तथा प्रशोधित मासु नै खरिद गर्ने व्यवस्था मिलाइएको छ । अर्कोतर्फ व्यवसायीहरुले नै खसीबोका ल्याई प्रसोधान गर्ने भएमा व्यवसायीहरुको स्थानबाट खसीबोका संकलन गरि खसीबोकामा संकेत चिन्ह लगाई कम्तिमा १२ घण्टा होल्डिङ सेन्टरमा राखेपश्चात प्रसोधन गरेर पुनः व्यवसायीहरुको पसलसम्म पुर्‍याउने व्यवस्था रहेको मुक्तिनाथ कृषि कम्पनीका क्षेत्रिय प्रबन्धक निर्मल भुसालले बताउनुभयो ।
चाडवाडको अवसर पारेर मासुको खपतलाई वृद्धि गर्न तथा मासु व्यवसायीहरुलाई प्रोत्साहन गर्न कम्पनीले विभिन्न छुट योजनाहरु पनि अघि सारेको छ । मासु व्यवसायीहरुसंगको छलफल पश्चात व्यवसायिक प्रयोजनको निमित्त मासु व्यवसायीहरुलाई उपलब्ध गराएको दररेटमा आकर्षक छुट दिइएको मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले जानकारी गराउनुभयो । 
उक्त छुट बमोजिम मासु व्यवसायीहरुले प्रतिकेजी रु. ८००  मा प्रशोधित मासु प्राप्त गर्न सक्नेछन् । त्यस्तै व्यवसायीहरुबाट प्राप्त खसीबोका प्रसोधनको लागि उपमहानगरपालिकाले तय गरेको दररेटमा समेत ३० प्रतिशत  छुट गरेको र व्यवसायीहरुकोबाट निशुल्क खसीबोका संकलनको व्यवस्था समेत मिलाएको अध्यक्ष आचार्यले बताउनुभयो । 
दैनिक १००० खसीबोका बध गर्ने क्षमता भएको यस आधुनिक बधशालामा दैनिक २५० देखि ३०० खसीबोका बध भएमा पनि बार्षिक करिव एक लाख खसीबोकाको आवश्यकता पर्दछ । उक्त बराबरको खसीबोकाको खरिद सुनिश्चितताको लागि ग्रामिण क्षेत्रका केही सहकारी तथा बाख्रा उत्पादकसँग यस कम्पनीले सम्झौता गरिराखेको छ । खरिद सुनिश्चितता भएपश्चात् किसानहरुले निर्धक्क रुपमा खसीबोका उत्पादन गरि समग्रमा ग्रामिण क्षेत्रमा बार्षिक करिव २ अर्व भन्दा बढीको कारोवार हुने देखिन्छ । यसले ग्रामिण अर्थतन्त्रलाई उकास्न र रोजगारीका अवशरहरु सिर्जना गर्न ठुलो टेवा पुर्‍याउने कम्पनीले जनाएको छ । 
व्यवसायीहरुको पसल सुधार तथा व्यवसाय सुधारको निमित्त उपमहानगरपालिकाले विभिन्न अनुदान तथा सहुलियतहरु आफ्नो निति तथा कार्यक्रम मार्फत व्यवस्था गरिसकेको छ । जसबाट व्यवसायीहरुलाई व्यवसाय विस्तार गर्न तथा ग्राहकहरुको विश्वसनीयता प्राप्तिमा थप योगदान पुग्ने सुनिश्चित छ । 
मुक्तिनाथ कृषि कम्पनी “कृषकसँग मुक्तिनाथ” र “उपभोक्तासँग मुक्तिनाथ” अभियान मार्फत कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्क सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा २०७५ सालमा स्थापित कृषि क्षेत्रको पहिलो शेयरबजारमा सुचिकृत कम्पनी हो । कम्पनीले ग्रामिण क्षेत्रमा रहेका कृषि सहकारीहरुलाई कृषि श्रोत केन्द्र, स्थानीय तहको उत्पादन सम्भाव्यताको आधारमा कृषि प्रशोधन क्रन्द्र, सहरी क्षेत्रमा रहेका सहकारीहरु र निजी क्षेत्रलाई समेत समेटी स्थानीय, क्षेत्रिय राष्ट्रिय र निर्यातको समेत सम्भावनासहित कृषि बजार केन्द्र, तथा कृषि क्षेत्रमा आउन खोज्ने नयाँ तथा पुराना लगानीकर्तालाई लक्षित गरी कृषि व्यवसाय परामर्श केन्द्र मार्फत कृषि उद्यमीहरुको लागि आवश्यक सम्पूणर् सेवा तथा बजार सुनिश्चितता गर्दै आम उपभोक्ताहरुलाई समुचित मुल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउन उत्पादन देखि बजारीकरण सम्म संस्थागत सहभागिताको अवधारणालाई अगाडि सारेको छ । कम्पनीका लाइभ स्टकलगायत कृषिका विभिन्न क्षेत्रमा विशिष्टिकृत वस्तु तथा सेवाहरु पुर्‍याउने उद्देश्यले स्थापना भएका १० सहायक कम्पनीहरु रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update