बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने

बुटवल। ५० किलोमिटर लामो दुरीको बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुँदैछ ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए । ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय