
थाई एयर एसियामा उडान गर्ने यात्रुहरु बढ्दै गएका छन्। गत कात्तिकबाट एयर एशियाले बैंकक भैरहवा बैंकक उडान सुरु गरेको थियो। मौसमको कारण विचमा केही हप्ता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थगित गरेको उडान उसले फेरी सुरु गरेको हो।
पुन उडान भएपछि भैरहवाबाट बैंकक जाने यात्रु क्रमश बढ्दै गएका छन्। सोमबार मात्र १६३ जना यात्रु भैरहवाबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
‘यो संख्या भनेको लगभग पुरा यात्रु भएको मान्न सकिन्छ। जस मध्ये १० जना विदेशी हुन्।’ उनले भने ‘बैंककबाट आएका ११ जना भैरहवा अवतरण गरेका छन्।’
गत विहिवार थाई एयर एसियाको उडान मार्फत १२८ यात्रु भैरहवाबाट थाइल्याण्ड प्रस्थान गरेका थिए। आउने यात्रु थिएनन्। सोमबार आउने यात्रु केही बढेका छन् भने यहाँबाट उडान गर्ने यात्रु बढेका छन्।
सोमबार थाइल्याण्ड प्रस्थान गरेका मध्ये कतिपय घुमघामको लागि पर्यटन भिसामा गएकाले फर्किन्छन्। यसबाट केही उडानपछि भैरहवामा अवतरण गर्ने यात्रुको चाप पनि बढ्ने देखिन्छ।