नीतिपत्र
'दि नेपाल डिस्टिलरिज'को ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ‘एरिस्टोक्र्याट’ बजारमा

नेपालको पहिलो मदिरा उत्पादक कम्पनी 'दि नेपाल डिस्टिलरिज'ले ‘एरिस्टोक्र्याट’ ब्रान्डमा ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा बजारमा ल्याएको छ । 

मदिरा उत्पादन गर्ने युगौँदेखिको स्कटिस परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिस मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको कम्पनीको दाबी छ ।

हल्का सुनौलो रङ भएको यो ब्लेन्डमा मीठो सूक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्विस्कीजस्तै हल्का फ्रुटी नोटको अनुभव हुन्छ । कुनै पनि उत्कृष्ट मदिरामा पिउँदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्येक घुट्कीमा पाइन्छ । 

सर्वाधिक लोकप्रिय ब्रान्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिस्टिलरिजका लागि विशेष रूपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपीय महलका स्तम्भबाट प्रेरित छ । यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिँधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिन्छ ।

यसको लेबल पनि निकै आकर्षक छ । जहाँ शक्ति र साहसको प्रतीक सिंहले हाम्रो सम्पदाको सुरक्षा गर्दै गरेको आकर्षक आकृति पनि राखिएको छ । 

यस्तै, लेबलमा भएको चहकिलो कालो रङले आधुनिक मदिराको छविलाई चित्रित गर्छ भने जीवन्त रातो रङले गहिराइ, शक्ति र यस रङसँग हाम्रो गहिरो भावनात्मक सम्बन्धलाई दर्शाउँछ । 

आफ्ना उपभोक्ताहरूको माग तथा उनीहरूको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।

उनका अनुसार कम्पनीको पोर्टफोेलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्रान्ड ‘एरिस्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको शृंखलाहरू सञ्चालन गरिएका थिए । प्रत्येकपटकको परीक्षणमा सहभागी उपभोक्ताहरूबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त भएका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update