सुनको मूल्य स्थिर
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेरकाले बुधबारकै मूल्यमा कारोबार भइरहेको हो।
मूल्य स्थिर भएसँगै बिहीबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा भइरहेको छ। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको महासंघल जनाएको छ। बुधबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो।
बिहीबार सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य बढेको महासंघले बताएको। छ। प्रतितोला १५ रुपैयाँले बढेर आज चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको हो। बुधबार चाँदी प्रतितोला १५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय