नीतिपत्र
माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने

काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान मस्यौदा समिति गठन गरेको जानकारी पनि दिए ।

उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update