नीतिपत्र
केही महिनामा देशमा कांग्रेसको प्रधानमन्त्री बन्छ: गगन

जनकपुरधाम – कांग्रेस महामन्त्री गगन थापाले अबको केही महिनामा देशमा कांग्रेसको प्रधानमन्त्री बन्ने बताएका छन्। जनकपुरधाममा बिहीबार प्रथम मधेस सम्मेलनको उद्घाटन सत्रमा थापाले ३३२ वटा पालिका, २ हजार ६६८ वटा वडामा वडाध्यक्ष, ७ प्रदेशमध्ये ४ वटामा मुख्यमन्त्री, ९ वटामन्त्री रहेको भन्दै अबको केही महिनामा कांग्रेसको प्रधानमन्त्री समेत हुने बताए।

थापाले सिंगो देशको जिम्मा कांग्रेसले लिएको भन्दै अहिले चार वर्ष रहेको भन्दै २०८४ को चुनाव चिन्ता नगर्नुपर्ने बताए। अहिले काम गर्न उनले आग्रह गरे। चार वर्षभित्र सुनकोशी मनिन डाइभर्सन, खुल्ला गरिएको सडक पूरा गरेर देखाउन, स्वास्थ्य बिमा लगायतका काम पूरा गरेर देखाउनुपर्ने उनले बताए।
 

उनले भने, ‘कुनै दिन उठ्दै गर्दा, शरणार्थी काण्डको बारेमा सुन्छ, कुनै दिन उठ्दा सुन काण्डको बारेमा सुन्छ, कुनै दिन एनसेल काण्डको बारेमा सुन्छ अहिले आएर स्टक एक्सचेन्ज काण्ड आएको छ।’

थापाले अहिले केहीले संघीयता खारेज गर्नुपर्ने, २०४७ को संविधानमा फर्कनुपर्छ, समावेशीता खारेज गर्नुपर्छ, संविधान खारेज गर्नपर्छ भन्न थालेको छ भन्दै भने, ‘यो बोल्नेहरु को हुन, यी नारा लगाउने को हुन ? यो आबाज कस्को हो ?, त्यतातिर धेरै टिप्पणी गनुपर्ने आवश्यकता छैन् तर यीनीहरु तागत कहाँबाट पाइरहेका छन् त्यता ध्यान दिनुपर्ने जरुरी छ।’

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update