गुगलको क्रोम ब्राउजर तपाइँले धेरै चलाउने मध्येको एप्लिकेशन हुनसक्छ। चाहे त्यो मोबाइलमा होस् या डेक्सटपमा होस्। यसैपनि अहिले उपलब्ध इन्टरनेट ब्राउजरमध्ये गुगल क्रोम सबैभन्दा लोकप्रिय छ ।
साधारण युजर इन्टरफेस र यसको क्षमताका कारण धेरैले क्रोमलाई मेमोरी हग (धेरै मेमोरी प्रयोग गर्ने कम्प्युटर प्रोग्राम) को रूपमा लिने गर्छन् । यद्यपि 'हार्डवेयर एक्सिलेरेसन' (hardware acceleration) नामक फिचरले क्रोमलाई फास्ट बनाउन सक्छ ।
डिफल्टका रुपमा कुनै पनि वेब पेज तथा कन्टेन्ट रेन्डर गर्न क्रोमले तपाईंको डिभाइसको सीपीयू र सफ्टवेयर प्रयोग गर्ने गर्छ । तर 'हार्डवेयर एक्सिलेरेसन' फिचर अन गरे ती कामका लागि ब्राउजरले वेब पेज लोड गर्न डिभाइसको ग्राफिक्स प्रयोग गर्छ । त्यसले ब्राउजरको क्षमता थप सुधार गर्ने गर्छ ।
विशेषगरी ग्राफिक धेरै आवश्यक पर्ने वेब पेज प्रयोग गर्दा अथवा ब्राउजरबाट भिडिओ हेर्दा यो फिचर अन गर्न सक्नुहुन्छ ।
के हाे हार्डवेयर एक्सिलेरेसन फिचर ?
सरल भाषामा बुझ्दा हार्डवेयर एक्सेलेरेशन त्यस्तो प्रक्रिया हो, जसले एप्लिकेसनहरूलाई सिस्टम भित्र नै केही हार्डवेयर कम्पोनेन्टहरूमा निश्चित कम्प्युटिङ कार्यहरू सम्पन्न गर्न सहयोग गर्ने गर्छ ।
त्यसो गर्दा उक्त एप्लिकेसन सीपीयूको भरमा मात्र नपरेर अन्य कम्पोनेन्टमा पनि भर पर्छ । त्यसो हुँदा एप्लिकेसन सहज तरिकाले चल्न सक्छ ।
याे फिचर निम्न प्रक्रिया अपनाउनुहाेस्:
-क्रोम ब्राउजर खोल्नुहोस् । दायाँ माथि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
-सेटिङमा क्लिक गरेर सिस्टम ट्याब छनोट गर्नुहोस् ।
-अब खुल्ने नयाँ पेजमा केही थप विकल्प देखिन्छन् । तीमध्ये 'युज हार्डवेयर एक्सिलेरेसन ह्वेन अभाइलेभल' मा क्लिक गर्नुहोस् । त्यसपछि क्रोमलाई रिलञ्च गर्नुहोस् ।
अथवा सर्चबारमा chrome://gpu/ टाइप गरेर ब्राउजरमा यो फिचर अन भए/नभए जाँच गर्न सकिन्छ । यदि ब्राउजरमा फिचर अन भएको रहेछ भने तपाईंले 'ग्राफिक फिचर स्टाटस' सेक्सनमा हरियो रङ्गमा ‘हार्डवेयर एक्सिलेरेसन’ देख्न सक्नुहुन्छ । तर यो फिचर अन गरेपछि ब्राउजरमा ग्लिच देखिए पुन: यस फिचर अफ गर्नु राम्राे हुन्छ ।