नीतिपत्र
पशुपति क्षेत्र विकास कोषका सय बढी सल्लाहकार हटाइए

काठमाडौ। पशुपति क्षेत्र विकास कोषमा विभिन्न समय नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय भएको छ। कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्ति निर्णयलाई खारेज गरेको हो।

राजसंस्थाका पालादेखि हालसम्म विभिन्न समय नियुक्त गरिएका सय बढी सल्लाहकार खारेज गरिएको कोषका अध्यक्ष  तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ। 

परिषद बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा बिक्री वितरणसमेत बन्देज गर्ने निर्णय गरेको छ। बैठकले  पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटक सुरक्षाका लागि सुरक्षा पोस्ट निर्माण गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update