बुटवल-रुपन्देहीको तिलोत्तमामा रहेको शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (बनबाटीका)मा बार्षिक ४ लाख भन्दा बढी पर्यटक आउने गरेका छन्। आर्थिक वर्ष २०७९/८० मा मात्र ४ लाख ५ हजार जना यहाँ घुम्न र मनोरञ्जन गर्न आएको बनबाटिकाले जनाएको छ।
जसमध्ये २ लाख ७० हजार टिकट काटेरै प्रवेश गरेको बनबाटीकाका अध्यक्ष बेलप्रसाद शर्माले बताए। बाँकी बनभोज लगायत अरु प्रायोजनको लागि आएको उनले जानकारी दिए। तिलोत्तमाको शंकरनगरमा ७५ विघा क्षेत्रफलमा रमणीय पार्क रहेको छ।
यहाँ स्थानीय तथा आन्तरिक पर्यटकको पार्कमा निकैभीड हुन्छ। जाडोयाम त्यसमा पनि छुट्टीको दिनमासयौंको संख्यामा वनभोज खान आउनेको समुह देखिन्छन्। वनवाटिकामा विभिन्न प्रकारका वनस्पति तथा बोटविरुवाहरु रहेका छन्। यस्तै यहाँ चिडियाखाना पनि रहेको छ । चिडियाखानामा २० प्रजातिका २५० वटा जिवजन्तु रहेका छन्।
चितुवा, भालु, स्याल, हरिण, निलगाइ, अजिंगर लगायतका जीवजन्तुहरु अवलोकन गर्न सकिन्छ। पछिल्लो पटक तिलोत्तमामा बाल रेल पनि सञ्चालन भएको छ। बालरेलबाट बार्षिक ३० देखी ३५ लाख आम्दानी हुने गरेको बनबाटिकाका अध्यक्ष शर्माले बताए। यहाँ ई–लर्निङ थिएटरको संरचना पनि रहेको छ।