नीतिपत्र
भारतलाई दोस्रो पटक अफ्रिकामा एकदिवसीय सिरिज

दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तीन खेलको एकदिवसीय २-१ ले जितेको छ। भारतले तेस्रो तथा निर्णायक खेलमा आयोजक दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो।

भारतले अफ्रिकी भुमिमा दोस्रो पटक एदिवसीय सिरिज जितेको हो। यसअघि २०१८ मा भारतले विराट कोहलीको कप्तानीमा पहिलो पटक अफ्रिकामा सिरिज जितेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो। सन्जु स्यामसनको १०८ रनको शतकीय इनिङ तथा तिलक बर्माको ५२ रनको अर्धशतकमा भारतले बलियो लक्ष्य तयार गरेको थियो। भारतका लागि थप दोहोरो रनको स्कोरका रुपमा रजत पटिदारले २२ रन बनाउँदा साइ सुदर्शनले १० तथा केएल राहुलले २१ रन बनाएका थिए।

त्यस्तै रिन्कु सिंहले ३८ रन बनाउँदा वासिंगटन सुन्दरले १४ रन बनाएका थिए। दक्षिण अफ्रिकाका लागि बेउरन हेन्द्रीचले ३ विकेट लिएका थिए।

२ सय ९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २ सय १८ रनमा समेटियो। उसका लागि टोनी डे जोर्जीले ८१ रन बनाउनु सर्वाधिक रह्यो।त्यस्तै कप्तान एइडेन मारक्रमले ३६ रन बनाउँदा हेनरिच क्लासेनले २१ तथा डेभिड मिलरले १० रन बनाएका थिए।

केशव महराज १५ तथा बेउरन हेन्ड्रिक्सले १८ रन बनाउँदा ओपनर रिजा हेन्ड्रिक्सले १९ रन बनाएका थिए। भारतका लागि अर्सदीप सिंहले ४ विकेट लिंदा आभेस खान र वासिंटन सुन्दरले २-२ विकेट लिए।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update