नीतिपत्र
नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं। नेपाल टेलिकमले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। 

कम्पनीको बिहीबारको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्पनीको अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update