काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। आज सूचना जारी गर्दै बैंकले ६७ पदमा दरखास्त आह्वान गरेको हो।
प्रशासन तर्फ अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदमा १९ जना, प्रशासन तर्फै अधिकृत तृतीय श्रेणी सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदमा ५ जना, सहायक निर्देशक (वाणिज्य कानुन) तर्फ २ जनाको लागि माग भएको छ। प्राविधिकतर्फ सहायक निर्देशक (सूचना प्रविधि) तर्फ ६ जनाको पदपूर्तिका लागि सूचना जारी भएको छ।
यस्तै, प्रशासनतर्फ सहायक द्वितीय श्रेणी सहायक पदमा २० जना र सहायक (कानुन)मा ४ जनाको लागि आवेदन खुलेको छ। प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) मा ११ जनाको लागि आवेदन माग गरिएको छ।
बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको ९ वटा विज्ञापनमा आवेदन दिन चाहनेका लागि शैक्षिक योग्यता पनि तय गरेको छ। सहायक निर्देशक पदका लागि आवेदन दिन चाहनेको पुरुषको उमेर २०८० साल पुस २६ गतेसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै, महिलाको उमेर २१ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ।
सहायक पदका लागि पुरुषको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
महिला कर्मचारीका लागि परीक्षाकाल अवधि ६ महिना हुने र परुषका लाथि १ वर्ष हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
अधिकृत तृतीय श्रेणीको लागि एक हजार, सहायक द्वितीय श्रेणीका लागथि ८०० रुपैयाँ तिरेर अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। आवेदन दिने मिति २०८० पुस २६ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म दरखास्त दिन सकिनेछ।