नीतिपत्र
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी कांग्रेसबाट १ सय २३ आकांक्षी

दाङ- माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशमा १२३ जना आकांक्षी देखिएका छन्।

जिल्लावाट भएको सिफारिसकाे आधारमा नामहरू प्रदेश कार्यसमितिमा आएको पार्टीका प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने जानकारी दिए।

रुकुम-पूर्वबाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखि स्थानीय तहमा उम्मेदवार बनेका सम्मलाई जिल्ला कार्यसमितिले सिफारिस गरेका छन्।

यसरी लुम्बिनी प्रदेशबाट आकांक्षा देखाउनेमा पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समिति पूर्व सभापति भरत शाहदेखि केन्द्रीय सदस्य गहेन्द्र गिरी, कृष्णकिशोर घिमिरेलगायत रहेका छन्।

यस्तै, यसरी सिफारिस हुने शीर्ष प्युठानबाट डा.गोविन्द पोखरेल,गुल्मीबाट चन्द्र केसी लगायतका रहेका छन्।

भुसाल अर्घाखाँचीमा टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन्। शाह रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बाबुदेव घिमिरेसँग पराजित भएका थिए।

यस्तै, केन्द्रीय सदस्य समेत रहेका दाडको तुलसीपुर उपमहानगरपालिका मेयरमा चुनाव लडेका थिए। पूर्व सांसद कृष्ण किशोर घिमिरेले आकांक्षी बनेको छन्।

प्रवक्ता गिरीले कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको बताए।

उनले सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिकालगायत पृष्ठभूमि खुलाएर मात्रै नाम सिफारिस गरिने छ।

लुम्बिनीमा फागुन २० गते एमाले तर्फबाट कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिँदै छ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्य तालिका छ।

कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनको सकभर अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका तथा सबै क्षेत्र मिलाएर जिल्लाबाट आएका नामहरू केन्द्रमा पठाउने बताए।

उनले सकभर केन्द्रीय समिति बैठकभन्दा अगाडि पठाउने योजनामा आफूहरू रहेको बताए।

यसअघि नेपाली कांग्रेस प्रदेश कार्यसमितिको बैठकले जिल्ला जिल्लाबाट राष्ट्रियसभाको लागि नाम माग्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update