बुटवल – बाल साहित्यकार अमित विद्यार्थीद्वारा लिखित बाल उपन्यास ‘परेलीमा एण्ड द टमी मोन्स्टर’को बुटवलमा विमोचन गरिएको छ।
बुटवलको परिवेशमा आधारित बाल उपन्यासको मंगलबार हिमालय बुक हाउस मिलनचोकमा मनोचिकित्सक डा. मनोज ढुंगाना र कवि गिरी श्रीसले संयुक्त रूपमा विमोचन गरे।
हिमालय बुक हाउसले प्रकाशन गरेको अंग्रेजी भाषामा लिखित उपन्यासमा फैसल शाक्यले चित्र कोरेका छन्। बालमनोविज्ञानमा आधारित यो उपन्यास ७ वर्षमुनिका बालबालिकालक्षित छ। पुस्तक बालबालिकाले व्यक्त गर्ने डर र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपायको खोजी गर्छन् भन्ने विषयमा केन्द्रित छ।
बालबालिकाको डर हटाउनका लागि मनोवैज्ञानिक रूपमा प्रेरित गर्ने मनोचिकित्सक डा. मनोज ढुंगानाले बताए। उनले यो पुस्तक बालबालिकाका साथै अभिभावकलाई पनि लाभदायी हुने बताए।
कवि गिरी श्रीसले बुटवलमै सिर्जना गरिएको यो पुस्तक हरेक बालबालिका र अभिभावकका लागि उपयोगी हुने बताए।
प्रकाशक हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले बुटवलका लेखकले लेखेको किताब बुटवलमै प्रकाशन गरिएको र छपाई समेत बुटवलमै गरेको बताए। उनले बुटवललाई बाल साहित्यमा अगाडि बढाउनका लागि यो पुस्तक महत्वपूर्ण सावित हुने बताए।