नीतिपत्र
सोनाम ब्रान्डको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट

चर्चित तथा गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले ७० प्रतिशतसम्म छुट पाइने 'विन्टर सेल अफर' ल्याएको छ । कम्पनीले यही मंसिर २८ देखि पुस १५ सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना सञ्चालन गरिरहेको हो ।

यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । कम्पनीका अनुसार यस अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोशाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वा:बहाल र छाया सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बीजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सीजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा  पनि सोनामका शोरुमहरू सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update