‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ – फागुन १ गते ‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थिए।
सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जनयुद्ध दिवसमा बिदा दिने निर्णय संविधानविपरीत रहेको ठहर गरेको हो।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० २०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय