नीतिपत्र
चितवनमा ३ वर्षपछि हात्ती महोत्सव

चितवन-चितवनमा हात्ती एवम् पर्यटन महोत्सव हुने भएको छ। कोभिड-१९ का कारण ३ वर्षयता रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म आयोजना हुने भएको हो।

होटल संघ नेपाल ( हान) ले मंगलबार महोत्सवको बारेमा जानकारी दिएको हो। यसपटकको महोत्सवमा हात्ती पोलो प्रतियोगिता भने नहुने भएको छ।

हात्तीमाथि शोषणको मुद्दा उठेसँगै यो वर्ष हात्ती पोलो प्रतियोगिता भने रोकिएको होटल संघले जनाएको छ। अन्य प्रतिस्पर्धा भने पहिलाका संस्करणमा झैं यथावत रहने संघका अध्यक्ष विनायक शाहले बताए।

‘वाइल्ड लाइफ टुरिजमको माग अनुसार सेवा दिइएको हो,’ उनले भने,’यसबाट प्रत्यक्ष प्रभाव पर्ने भनेको पर्यटक आवागमनमा नै हो।’

हात्ती पोलो प्रतिस्पर्धाबाहेक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बीटुबी सहमति, सांस्कृतिक झाँकी लगायत कार्यक्रमको तालिका रहेको संघका कोषाध्यक्ष युवराज श्रेष्ठले बताए।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update