यती ब्रुअरीले बुक बिल्डिङबाट सेयर निष्कासन गर्ने, एनआइएमबी एस क्यापिटलसँग सम्झौता
काठमाडौं। यती ब्रुअरीले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले धितोपत्र निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
सम्झौतापछि एनआइएमबी एस क्यापिटलले बुक बिल्डिङ विधिमार्फत यती ब्रुअरीको साधारण सेयर सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सबै काम गर्नेछ।
सेयर निष्कासन सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक सञ्जीव सर्राफ र एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे।
विशाल र एभरेस्ट ग्रुपको संयुक्त लगानी रहेको यती ब्रुअरीले हाल अर्ना, यती, वाइबी, शिखर, किङफिसरलगायत ब्रान्डका बियर उत्पादन गर्दै आएको छ। कम्पनीको उद्योग चितवनमा छ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय