नीतिपत्र
१२ लाख लाइसेन्स छाप्न बाँकी, एउटा मात्र मेसिन हुँदा ढिलाई

काठमाडौं। यातायात व्यवस्था विभागमा साढे १२ लाख लाइसेन्स छपाइ गर्न बाँकी रहेको छ। भौतिक मन्त्री प्रकाश ज्वालाले आइतबार मन्त्रालयमा भएको प्रदेश मन्त्रालयसँगको छलफलमा बोल्दै साढे १२ लाख लाइसेन्स कार्ड छाप्न बाँकी रहेको बताएका हुन्। 

विभागमा एउटा मात्रै मेसिन रहेको र अर्को मेसिन खरिदका लागि ठेक्का आह्वान भएको मन्त्री ज्वालाले बताए। प्रदेश मन्त्रालयहरूले पनि प्रीन्टर खरिदका लागि प्रक्रिया थाल्नुपर्ने उनको भनाइ छ। हात प्रदेश मन्त्रालयहरूले प्रीन्टर खरिदका लागि बजेट विनियोजन गरेपनि खरिदको प्रक्रिया अघि बढाएका छैनन्। 

गण्डकी प्रदेशबाट सुरु भएको अनलाइन सिस्टमको प्रभवकारिता रहेको पनि उनले बताए। कतै प्रभावकारी भयो कतै सोचेको जस्तो छैन तर सुधारेर यातायात क्षेत्रको सबै काम अनलाइनबाटै गर्न लागिरहेका छौं,उनले भने।
विद्युतीय सवारी दर्ता प्रणालीलाई पनि व्यवस्थित बनाउन लाग्ने उनको भनाइ छ।

सामान्य अवस्थामा सडक अनुगमन र सुधार धेरै नभएकाले सवारी दुर्घटना बनेको मन्त्री ज्वालाले बताए। दसैं तिहाइको समय हाम्रो अनुगमन प्रभावकारी भएपनी सामान्य अवस्थामा नहुँदा सवारी दुर्घटना बढेको हो, यस विषयमा प्रदेश मन्त्रालयहरूसँग छलफल हुन्छ,मन्त्री ज्वालाले भने। 

नक्कली लाइसेन्सको विषयमा छानबिन समितिले काम भइरहेकाले मन्त्रीले धेरै बोल्नुपर्ने आवश्यकता नभएको उनले बताए। समितिले एकचरणको प्रतिवेदन आइसकेकाले अनुसन्धानलाई निष्पक्ष बनाउन मन्त्रालय लागि रहेको पनि उनले बताए।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update