नीतिपत्र
बाढीपहिरोमा परेर २३९ जनाको मृत्यु, १९ जना बेपत्ता
बाढीपहिरोमा परेर २३९ जनाको मृत्यु, १९ जना बेपत्ता असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।
तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने
तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान
वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक
सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक सुरु भएकाे छ।
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा 
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा  बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए।
नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयात र बिक्रीमा रोक
नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयात र बिक्रीमा रोक नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक 'एथलिन अक्साइड' रहेको भन्दै आयातमा रोक लगाएको छ ।
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–६, इचौलस्थितमा गोली चलाएको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेका दुईजनालाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार साँझ गोली चलाएको हो ।  
लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना
लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा आगामी तीन दिन तातो हावा चल्न सक्ने पूर्वानुमान गरेको छ।
आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन्। बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताएका छन्। 
नारायणी नदीमा सिग्नेचर पुलको शिलान्यास
नारायणी नदीमा सिग्नेचर पुलको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको नारायणी नदीमा निर्माण गरिन लागेको सिग्नेचर पुलको औपचारिक शिलान्यास गरेका छन्। पूर्व–पश्चिम राजमार्गको मध्य भागमा रहेको भरतपुर महानगर र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माणपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे।
पशुपतिमा महाशिवरात्रि भव्य बनाउने तयारी
पशुपतिमा महाशिवरात्रि भव्य बनाउने तयारी यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ । महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ ।
Weather Update