नीतिपत्र
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–६, इचौलस्थितमा गोली चलाएको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेका दुईजनालाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार साँझ गोली चलाएको हो ।  
लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना
लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा आगामी तीन दिन तातो हावा चल्न सक्ने पूर्वानुमान गरेको छ।
आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन गरेका छन्। बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा चासो दिने बताएका छन्। 
नारायणी नदीमा सिग्नेचर पुलको शिलान्यास
नारायणी नदीमा सिग्नेचर पुलको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको नारायणी नदीमा निर्माण गरिन लागेको सिग्नेचर पुलको औपचारिक शिलान्यास गरेका छन्। पूर्व–पश्चिम राजमार्गको मध्य भागमा रहेको भरतपुर महानगर र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माणपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे।
पशुपतिमा महाशिवरात्रि भव्य बनाउने तयारी
पशुपतिमा महाशिवरात्रि भव्य बनाउने तयारी यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ । महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ ।
कोशीटप्पुमा किन घट्यो चराको सङ्ख्या ?
कोशीटप्पुमा किन घट्यो चराको सङ्ख्या ? कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो।
बिटीआइको स्तरोन्नतिका लागि केयूसँग बुटवल उपमहानगरपालिको छलफल
बिटीआइको स्तरोन्नतिका लागि केयूसँग बुटवल उपमहानगरपालिको छलफल बुटवल-बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ। काठमाडौं  बिश्वबिद्यालयसँग छलफल गरी बुटवलले प्राविधिक शिक्षातर्फ थप चासो बढाएको हो।  
मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना
मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । २०७९ चैत्र ६ गतेको निणर्य ईलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो ।
औषधि विभागद्वारा तीन औषधिको बिक्रीवितरणमा रोक
औषधि विभागद्वारा तीन औषधिको बिक्रीवितरणमा रोक औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ।
वडा विभाजन र सिमाना परिवर्तनको मापदण्ड बनाउने निर्णय
वडा विभाजन र सिमाना परिवर्तनको मापदण्ड बनाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ ।
पश्चिमी वायुको प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 
Weather Update